जापानका युट्युबर सांसद निष्कासित

एजेन्सी, १ फागुन । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मंगलबार संसद्बाटै निष्कासन गरिएको हो ।

गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो । सदनको उक्त निर्णय आजदेखि लागु भएको छ ।

गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्कासित हुने पहिलो सांसद भएका छन् । यसअघि, सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो । तर, उनले त्यसको बेवास्ता गरेका थिए । ५१ वर्षीय उनको दलबाट दुईजना सांसद निर्वाचित छन् । उनी निष्कासित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् ।

दुबईमा बसोबास गरिरहेका पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् । मानहानिको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्न सक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध