धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने ३ जना पक्राउ

काठमाडौँ, २९ फागुन । नेपाल प्रहरीले काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले शनिबार काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गर्ने तीनजनाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ रहेका छन् ।

जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा फरार रहेका तीनजनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद गरेको छ । पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank