१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

काठमाडौँ, ८ फागुन । सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ ।

आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाले जनाएको छ ।

हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउनेसरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र