एजेन्सी, १६ माघ । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फाेट हुँदा २८ जनाको मृत्यु भएको छ ।
पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डाक्टर आजमका अनुसार मस्जिदमा आज दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुगेकाे हाे । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् । ६० जना घाइते भएकामा १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन्।





