ताप्लेजुङ, १४ माघ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको हो ।
बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।





