इजिप्टमा ७५ लाई मृत्युदण्ड : दर्जनौं आजिवन कारावास

(भदौ २४, एजेन्सी) । इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ भने दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजाय सुनाएको छ ।

पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका क्रममा भएको घटनालाई आधार वनाई सात सय बढीलाई अभियुक्त बनाइएको थियो । एम्नेस्टी इन्टरनेशनलले अदालतको यो निर्णयमा असुन्तुष्टि जनाएको छ ।

एम्नेस्टी इन्टरनेशनलका हुसैन बामीले भने, ‘अदालतमा अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र प्रमाण पेश गर्न दिइएन । तर दोस्रो पक्षले जुन पनि प्रमाण अदालतमा ल्याइरहेका थिए त्यसलाई स्विकार गरिएको थियो । सबै ७५ को मृत्युदण्ड राजनीतिक रुपमा प्रेरित छ । यो निर्णयले वर्तमान सरकारविरुद्ध प्रदर्शन गर्नेहरुलाई यस्तै सजायँ दिइनेछ भनी जानकारी दिन खोजेको छ । यता सुरक्षाबललाई निकै सजिलै माफी दिइएको छ ।’

सन् २०१३ मा धेरैजसो प्रदर्शनकारी काहिराको राबा अल–अदविरा स्क्वेयरमा मारिएका थिए । उक्त प्रदर्शनकारी मोरसीका समर्थक र मुस्लिम ब्रदरहुडका सदस्य थिए । प्रदर्शनकारी अब्देल फतह अल–सिसीका सैन्य ‘कू’विरुद्ध मोरसीका समर्थकले प्रदर्शन गरिरहेका थिए । अल–सिसीले तीन जुलाई सन् २०१३ मा ‘कू’ गरेको थियो ।

सन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली