१० हजारभन्दा बढी विद्यार्थी दिक्षित हुँदै

काठमाडौँ, २२ मंसिर । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । 

दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्। दीक्षान्त समारोहमा विद्यार्थी सकुन महर्जनले चार पदक पाउने भएका छन् । स्नातकोत्तर तह २०७६ सालका विद्यार्थी महर्जनलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने भएको छ। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४ सीजीपीए ल्याएर एकैपटक चारपदक पाउने भाग्यमानी विद्यार्थी भएका छन् ।

सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उहाँलाई चान्सलर, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त हुनेछ । उनलाई उपकुलपति र प्रमुख अतिथिले पदक तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय