आगामी यात्राबारे एकीकृत समाजवादीमा दुई धार : सचिव झाँक्री एमालेसँग नजिकिँदै

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेमा विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा मंसिर ४ को निर्वाचन नतिजापछि आगामी यात्राबारे दुई मत देखिएको छ । अपेक्षाकृत निर्वाचन नतिजा नआएपछि स्पष्ट ढंगले पार्टीको आगामी यात्रा तय गर्नुपर्ने केही नेताको बुझाइ छ भने केही नेताहरु तत्तकाल गठबन्धन गरेरै अगाडि बढ्न उपयुक्त हुने बताइरहेका छन् ।

पार्टीका शीर्ष नेताहरु नै पराजित भएको भन्दै विचार मिल्नेसँग तत्काल पार्टी एकता वा गठबन्धन गर्नुपर्ने पार्टीको एक पक्षले बताइरहँदा अर्को पक्ष भने तत्काल पार्टी एकता वा फरक गठबन्धनको सम्भावना नरहेको भन्दै त्यसबारे कुनैपनि प्रक्रिया समेत सुरु गर्न तयार भएको छैन । ‘निर्वाचन अघि गरिएको गठबन्धनको औचित्य निर्वाचन सकिएसँगै एक हिसाबले सकिएको छ । अव त्यसैलाई निरन्तरता दिइरहनुपर्छ भन्ने छैन’, नाम उल्लेख नगर्ने सर्तमा एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘नयाँ परिस्थितिमा नयाँ ढंगले र विचार सिद्धान्त मिल्नेसँग सहकार्य गर्दा राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । अहिलेको गठबन्धनमा चुनावमा पनि त्यति इमान्दारिता देखिएन अनि विचार र सिद्धान्त पनि मिल्दैन भने किन बसिरहरने ? किन विकल्प नखोज्ने ?’

तर सम्मानित नेता झलनाथ खनाल निर्वाचनमा पराजित भएका केही नेताले आक्रोशमा पार्टी एकता वा गठबन्धनको विकल्प खोज्नुपर्छ भनेपनि त्यो क्षणिक आवेशमात्र भएको बताए । उनले पार्टीले लिने विचार र सिद्धान्त स्पस्ट हुनुपर्नेमा विवाद नरहेकोमा आफू सहमत रहेको बताए ।  ‘पार्टीको विचार र सिद्धान्त स्पस्ट हुनुपर्छ त्यसमा विवाद छैन तर कसैले निर्वाचन हारेको झोंकमा पार्टी एकता वा अर्को गठबन्धन पनि भने होलान् तर त्यो क्षणिक आक्रोशबाहेक केही होइन’, खनालको भनाइ छ ।   ​खासगरी अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू तत्काल अर्को गठबन्धन बनाउने तथा पार्टी एकता पनि गरिहाल्ने पक्षमा देखिएका छैनन् । माओवादीसँग पार्टी एकताबारे पार्टीकै नेताहरूले गरेको चर्चामा कुनै सत्यता नभएको महासचिव वेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिबाट पनि पुष्टि भएको छ ।

महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनेर गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको उल्लेख छ । महासचिव भुसालले कतिपय नेताहरुले नै ‘एमाले र माओवादीसँग पार्टी एकता हुँदैछ’ भनेर गरेको प्रचार गलत भएकाले विज्ञप्ति निकाल्नुपरेको बताए । सम्मानित नेता झलनाथ खनाल पनि तत्काल पार्टी एकता सम्भव नभएको बताउँछन् ।

नेकपा एकीकृत साजवादीले निर्वाचनको समग्र समिक्षाका लागि मंसिर २५ गतेभित्र जिल्ला र प्रदेश कमिटीहरुलाई केन्द्रमा रिपोर्ट पठाउन निर्देशन दिएको छ । तर, नेता मुकुन्द न्यौपाने, उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । उनीहरु एमाले वा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । केही दिन अघिमात्रै सचिव रामकुमारी झाँक्रीले एमाले नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँग बसेको तस्वीर नै सार्वजनिक गर्दै उक्त तस्विरमा सन्देश रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा