सेञ्चुरी बैंकको लाभांस घोषणा

काठमाडौँ, १५ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

२०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,५५,३९,०९,१९८.८९ (अक्षरेपी नौ अर्व पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा मात्र) मा ४.७५ प्रतिशतले हुन आउने रकम द्धछ,घड,ज्ञण्,टडट।ढछ(अक्षरेपी पैंतालीस करोड अड्तीस लाख १० हजार छ सय ८६ रुपैयाँ ९५ पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५% ले हुन आउने रकम रु. २,३८,८४,७७३/- (अक्षरेपी दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रुपैयाँमात्र) बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंक र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ । जस अनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्त भित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता

काठमाडौँ, १० असार । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक गरेको छ । जसमा परराष्ट्रमन्त्री शिशिर

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु