युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्ने

(भदौ १२, एजेन्सी) । युएईले भिजिट र टुरिस्ट भिसामा आएकाहरुले युएईको बसोबासको नियम उल्लङघन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाइ गरिने युएईले जनाएको छ ।

युएईमा आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्तिहरु पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट भिसामा युएई प्रवेश गरेको पाइएको छ । त्यस्ता व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिन युएईले  कडाई गर्न लागेको हो ।  ।

१ अगष्टदेखि ३१ अक्टोवर अर्थात गएको साउन १६ गतेदेखि आउँदो कात्तिक १४ गतेसम्म युएईले दिएको आममाफीको समयमा अवैधानिक रुपमा रहेका विदेशी नागरिकले वैधानिक बन्न वा स्वदेश फर्किन पाउनेछन् ।

युएईले आममाफीको समय सकिएपछि कार्यस्थल र होस्टलमै गएर कामदारको अवस्था निरीक्षण गर्ने भएको छ । त्यसबेला अवैधानिक रुपमा रहेको भेटिएका व्यक्ति जेल पनि पर्न सक्छन् । किनकी युएईले आममाफीको समयपछि पनि अवैधानिक कामदार भेटिएमा पक्राउ गरेर जेल हाल्ने भएको छ ।

युएईले विभिन्न कारणले अवैधानिक बन्न पुगेका वा कानून उल्लङघन गरेका कामदारलाई प्रत्येक पाँच वर्षमा आममाफीको अवसर दिँदै आएको जनाएको छ ।  यो केन्द्रमा भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स र श्रीलंकाको दूतावासका प्रतिनिधि पनि हुने भएकाले यी देशका कामदारले आवश्यक सहयोग पनि पाउन सक्नेछन् ।

यसैगरी  टोल फ्रि नम्बर ८००८० मा सम्पर्क गरेर पनि आफ्ना समस्या राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आज बसेको

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

काठमाडौँ, १ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली