अस्पतालबाटै भाग्छन् बिरामी

काठमाडौँ, ४ असोज । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु ।

केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् । चाररपाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर भएका बिरामी केही दिन उपचार गरेपछि बिरामीका आफन्तले बिरामीलाई भगाएर लगे । धेरै दिन भएपछि बिरामी मात्र होइन, कुरुवासमेत बिरामी हुने अवस्था आएको र बिल धेरै उठेको भन्दै उनीहरू भागेका थिए । 

कान्तिमै उपचार गर्न कैलालीबाट आएका बिरामीको उपचार हुँदै थियो । चिकित्सकले बिरामी ठीक हुन पनि सक्छ नहुन पनि सक्छ भनेपछि बिरामीका आफन्तले डिस्चार्ज मागेर बिरामी घर लगे । १५ दिनअघि रामेछापबाट त्रिवि शिक्षण अस्पतालमा रिफर भएका एक बिरामीलाई सुरुमा बेड पाउन मुस्किल प¥यो । बल्लबल्ल बेड पाएपछि चिकित्सकले उपचार गरे ।

ब्रेन हेमरेज भएका चिकित्सकले ७० वर्षको वृद्ध शल्यक्रिया गर्दा झनै जटिल हुनसक्ने बताएपछि आफन्तले थप उपचार नगरी बिरामी मरे पनि बाँचे पनि घर लैजाने भन्दै डिस्चार्ज मागेर घर लगे । ती बिरामीलाई शल्यक्रिया नभए पनि औषधिमार्फत थप उपचार गर्न सकिने चिकित्सकले बताएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग.

काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय