डेङ्गु संक्रमितको संख्या सात हजार नाघ्यो

काठमाडौं, २६ भदौ । अहिले नेपालमा डेङ्गु संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा १८८ जनामा संक्रमण देखिएको छ । 

महाशाखाका अनुसार हालसम्म डेङ्गु संक्रमणबाट दुईजनाको मृत्यु भएको तथ्यांक छ । विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार भने डेङ्गुबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ । डेङ्गुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको