कृषिजन्य उद्योगको विकासबाट आर्थिक स्थिति बलियो हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए ।

उनले भने, “कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो, “ ५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबै चिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो । किन यस्तो भइराखेको छ, हाम्रो चिन्ताको विषय भयो ।”

अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउदै उनले भने, “रणनीतिक रुपमा, दीर्घकालीन नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ, “म तपाई सबै साथीहरुको यतापट्टी विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । र, तपाईहरु यसमा चिन्तन, मनन् गर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध