खस्कियो १२ को नतिजा

काठमाडौँ, १८ भदौ । कक्षा १२ को परीक्षा दिएकामध्ये ५७ हजार ६१० जनाले यसै वर्ष स्नातक तहको अध्ययन गर्न नपाउने भएका छन् । उनीहरू ग्रेडवृद्धिसम्बन्धी परीक्षामा पनि सहभागी हुन पाउने छैनन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को नतिजाअनुसार एक लाख ८८ हजार ४२१ जनाको नतिजा अवर्गीकृत अर्थात् ननग्रेडेडमा परेको छ । गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ ।

अक्षराङ्कन पद्धति कार्यान्वयनमा आइसकेपछि अनुत्तीर्णको व्यवस्था नहुँदा नतिजा खस्किएको भन्दै सर्वत्र विरोध भएपछि त्यसलाई रोक्न यस्तो व्यवस्था गरिएको हो । अवर्गीकृत नामकरण गरिए पनि यो अनुत्तीर्ण नै हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा

काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत