गर्भवती श्रीमती र दुई छोरीको हत्या : हत्याराले नै टेलिभिजनमा सूचना दिए

(भदौ ५, एजेन्सी) । अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी आफैले टेलिभिजनमा सूचना दिएका उनलाई प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ ।

क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ । प्रहरीले गत बिहीबार श्रीमती र छोरीहरूको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांकनजिकै गाडिएको अवस्थामा भेट्टाएको थियो । शानन १५ हप्ताकी गर्भवती थिइन् ।

क्रिसले अमेरिकाको एरिजोनामा व्यावसायिक भ्रमण सकेर घर फर्किएकी श्रीमतीसँग आफूले सम्बन्ध बिच्छेद चाहेको बताएका थिए । उनीहरुको शव ट्रकमा राखेर तेल ट्यांक नजिक लगेर गाडेको उनले स्वीकार गरेका छन् । हत्या गरेपछि उनले स्थानीय टेलिभिजन मार्फत आफ्नो परिवारका सदस्य हराएको जानकारी गराएका थिए ।

सूचनापछि प्रहरीले थालेको अनुसन्धानबाट क्रिसले नै श्रीमती र छोरीहरुको हत्या गरेको खुलेको हो । उनी विरुद्ध अदालतमा जाहेरी दर्ता भएको विविसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३