उपेन्द्र केसी
कांग्रेस सभापति एव प्रधानमन्त्री शेरवहादुर देउवाले फेरी पनि प्रधानमन्त्री आफै हुने योजना, लक्ष्य र संकल्प सहित निर्वाचनको घोषणा गरेका हुन् । ज्योतिषीले गरेको सातौ पल्ट प्रधानमन्त्री बन्ने भविष्यवाणी अनुसार साईत–पला हेरेर उनले निर्वाचनको मिति घोषणा गरेको अरुलाई प्रधानमन्त्री बनाउन हुँदै होइन । यो भ्रममा कोही नपरे हुन्छ । ज्योतिषीले फेरी पनि प्रधानमन्त्री हुने योग छ, भनेपछि उत्साहित भएर उनले निर्वाचन आयोगले दिएको तिथि –मितिमा होइन, ज्योतिषीले दिएको तिथिमा निर्वाचन घोषणा गरेका हुन । हामीसबैलाई थाह छ, आयोगले मंसिर २ गते सुझाएको थियो,ज्योतिषिले ४ गते । ज्योतिषीको भविष्यवाणी देउवालाई पटक–पटक प्रधानमन्त्री बन्ने कार्ड भएको छ । देउवाले गठबन्धनको गलपासो प्रचण्ड वा नेपाली कांग्रेसकै अरु कोहीलाई प्रधानमन्त्री बनाउनका लागि फ्याँकेकै हुँदै होइन । त्यो उनी आफैले फेरी पनि प्रधानमन्त्री बन्न बुनेको जालो मात्रै हो ।
देउवाले आफू वाहेक अरु कोहीलाई राजनीतिक लाभ हुने हिसाबले गठबन्धनको कसरतलाई निरन्तरता दिएकको हुँदै होइन । देउवाले चाहेको यो गठबन्धन पार्टी स्वार्थमा होइन, मात्र सत्ता स्वार्थमा केन्द्रित छ । उनले राष्ट्रिय स्वार्थमा भन्दा पनि आफ्नो निजी स्वार्थमा यो गठबन्धन बनाएका हुन । यो गठबन्धनले न त लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँने छ । न त मुलुकलाई सुशासनको मार्गतर्फ डोराउने नै छ । यो गठबन्धन देउवाको वारेमा ज्योतिषीले गरेको भविष्यवाणी पूरा गर्ने हतियारको रुपमा मात्रै प्रयोगमा आउनेछ । हिजो टाउँको काट्ने र काटिने बीचको यो गठबन्धन राजनीतिक सिद्धान्तको जगमा बसेको पनि होइन । न त मुलुक निर्माणको स्वार्थमा नै यो गठबन्धन जोडिएको हो । यो गठबन्धन व्यक्तिगत राजनीतिक महत्वकाक्षा र सत्ता स्वार्थको सुखभोग उपभोग गर्ने निकृष्टि सोचका साथ निर्माण गरिएको हो ।
यो गठबन्धनले मुलुकलाई सम्वृद्धिको दिशातर्फ लैजान्छ भन्ने ठान्नु,उल्टो यात्रा हिडेर या दौडिएर गन्तब्य पुगिन्छ भनेर दिउँसै सपना देख्नु जस्तै हो । के –के ग¥यो भने फेरी पनि प्रधानमन्त्री हुन सकिन्छ, त्यसै अनकूलको वातावरण निर्माण गर्न देउवा आफ्ना सहयोगीका साथ लागि परेका छन् । त्यसैले उनी फेरी पनि प्रधानमन्त्री पद प्राप्तीका लागि हुने नहुने जे र जस्तो सुकै कार्य गर्न पनि पछि पर्देनन् । देउवाले पद प्राप्तीका लागि विगतमा पनि विकृति र विसंगतिको माला लगाएर तत्कालिन व्यवस्थालाई दुर्नाम गरेको समाचार पढेको अहिले ताजै छ । देउवा फेरी पनि प्रधानमन्त्री हुन ज्योतिषीको मार्गदृष्टि पछ्याउँदै छन । उनलाई पार्टीभित्र र वाहिरका सहयोगीहरुले ताली पिट्दै उत्साहित पारिरहेका छन । उनको दृष्टी फेरी पनि प्रधानमन्त्रीको कुर्सी भन्दा दायाँ–वायाँ छैन । उनले चाल्दै आएका हरेक कदम फेरी पनि प्रधानमन्त्री बन्ने लाइनमा भएको देख्न जो कोहीलाई गाह्रो पर्देन । उनको यही कार्यशैली देखेर होला शायद, पार्टी भित्रको शेखर कोइराला समूह पछिल्लो समय नराम्रोसंग नै आतिएको छ । देउवाले प्रतिनिधिसभा र प्रदेशको टिकट वितरणमा आफ्नो समूहका नेता–कार्यकर्ताहरुलाई निषेध गरेरै जाने त होइन, भनेर कोइराला समूह डराएको छ । त्यसैले कोइराला समूहले गएको साता, आफ्नो समूहको राजधानीमा भेला आयोजना गरेर त्यसो नगर्न देउवालाई चेतावानी दियो ।
कोइराला समूहको भेलाले– चुनावमा अन्य दलसंग गठबन्धन गर्ने तर पार्टीभित्र एकता नखोज्ने हो भने त्यसले गठबन्धनकै परिणामलाई गम्भीर असर पु¥याउने निष्कर्ष निकाल्यो । त्यसोत कोइरालाले महाधिवेशनमा पराजित भए लगतै भागबन्डा नखोज्ने वताउँदै आएका थिए । उनले– पार्टीमा सबैले न्यायोचित स्थान पाउन,महाधिवेशनमा सहयोग गरेको वा नगरेको आधारमा भेदभाव नहोस,योग्यता, क्षमता र क्रियाशीलताका आधारमा नेता–कार्यकताले अबसर पाउन भन्दै आएका थिए । तर, देउवाले पार्टी महाधिवेशनदेखी यहाँसम्म आउँदा पार्टीभित्र र सरकारको निर्णय गर्दा समेत भेदभावको नीति अख्तियार गरेको कोइराला समूहको गुनासो छ । कोइराला समूहले भेलामा– कुनै क्षेत्रमा लोकप्रिय नेताले पाउनुपर्ने मौका नेतृत्वको प्रिय नभएको र आफ्नो स्वार्थ पूरा नहुने अवस्थाकै कारण गुमाउनु प¥यो भने दुर्भाग्य हुने ठहर गरेको छ । तर, देउवाले कोइराला समूहले सार्वजनिक गरेर टिकट वितरणमा राखेको मागलाई वेवास्ता गर्ने निश्चित छ । निर्वाचन जितेर आएपछि आफू फेरी पार्टीको संसदीय दलको नेता हुने जोडघटाउँका साथ देउवाले टिकट वितरण गर्ने छन । देउवाले सजिलै टिकट वितरणमा कोइराला समूहको माग सम्बोधन गर्लान भनेर विश्वास गर्नु भनेको दिउँसै सपना देख्नु जस्तै हो । देउवाले केन्द्रीय कार्यसमितिमा मनोनयनदेखि भ्रातृ संस्थाको नेतृत्व चयन, स्थानीय तहमा टिकट वितरण र सरकारका निर्णयमा समेत पार्टीभित्रको फरक विचारलाई यस अघि कुल्चिदै आएका छन । यस्तो अवस्थामा निर्वाचनपछि दलको नेता चयन गर्ने सदस्यहरुको टिकट वितरणमा, कोइराला समूहको मागलाई देउवाले सम्बोधन गर्लान भनेर कसरी विश्वास गर्न सकिन्छ ?






