युएनका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

(भदौ २, एजेन्सी) । संयुक्त राष्ट्र संघ (युएन)का पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

स्विजरल्याण्डको राजधानी बेरनमा शनिबार अन्नानको मृत्यु भएको कोफी अन्नान फाउण्डेशनले ट्विटरबाट जानकारी दिइको छ ।

विश्व उत्कृष्ट कूटनीतिज्ञकार रुपमा चिरपरिचित भएका उनी अफ्रिकी मुलुक घानामा सन् १९३८ मा जन्मिएका थिए । अन्नानले सन् १९९७ मा सयुक्त राष्ट्र संघको सातौँ महासचिवको रूपमा सेवा आरम्भ गरेका थिए ।

१० वर्षसम्म युएनको प्रमुख रहेका उनलाई युएनमा रहेर मानवअधिकारका क्षेत्रमा कार्यगरे बापत सन् २००१ मा उनलाई नोवेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३