माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ७१ लाख

काठमाडौँ, २९ असार । नेपालमा आधारभूतदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या करिब ७१ लाख रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार संख्या बढेको हो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । केन्द्रका अनुसार शैक्षिकसत्र २०७७ मा ७० लाख ८२ हजार ३ सय ६९ विद्यार्थी थिए । फ्ल्यास रिपोर्टमा उल्लेख भएअनुसार २०७८ मा ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत छन् । केन्द्रले २०७९ सालको तथ्यांक २०८० सालमा सार्वजनिक गर्नेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार