खै त विद्यार्थीका हातमा पुस्तक ?

काठमाडौँ, ९ असार । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक वर्ष यही समस्या– पाठ्यपुस्तक अभाव । सरकारी ढिलासुस्ती यतिसम्म बढेको छ कि नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक हुन्न ।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन् । पुस्तक नहुँदा उनीहरूका पठनपाठन प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने हो । तर, महिना बित्दासमेत उनीहरू अभाव झेल्न बाध्य छन् ।

छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको दाबी गरेको छ । १५ असारसम्म त सबै ठाउँ पुस्तक पुगिसक्ने जनाउने केन्द्र दैनिक एक लाख छपाइ भइरहेको दाबी गर्छ । कतै पूरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि ‘पूरा’ छैन । कर्णाली तथा यातायात विकट मानिएका पहाडीमात्र नभएर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लामा समेत पाठ्यपुस्तक पुग्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक