साता कारोबार रकम र नेप्से परिसूचक दुवै घट्यो : कारोबार रकम अर्ब पनि पुगेन

(साउन २६, काठमाडौं) । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेसँगै कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन ।

नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ । जसमा यो साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर रु एक अर्ब सात करोड ६७ लाख ४८ हजारमा कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकम तथा सेयर संख्याका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ९० लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । सो कम्पनीको कूल पाँच लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको