(साउन २४, काठमाडौं) । नेपाल बैंक लिमिटेडले मंगलबारदेखि लागू हुने निक्षेप तथा कर्जाको ब्याजदर घटाएको छ ।
बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत तथा मुद्धती निक्षेपमा ५ प्रतिशत देखि अधिकतम १०।५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
त्यस्तै, बैंकको आधार ब्याजदर केही घटेपछि बैंकले कर्जाको ब्याज घटाएको हो । जसमा बैंकले अधिकतम १३ दशमलव ३७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले आधार दरमा २.०७ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्म थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । जोखिम बापतको थप दुई प्रतिशत प्रिमयम लिन सक्ने पनि बैंकले जनाएको छ ।





