स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य छः महासचिव पोखरेल

काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको दुःखद् अवसान अनिवार्य हुने दावी गर्नुभएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनलाई लक्षीत गर्दै उहाँले उक्त पाँच दलीय गठबन्धन राजनीतिक नभई स्वार्थको मात्र भएको बताउनुभएको छ । गठबन्धनभित्र निर्वाचनको लागि भागबण्डामा समस्या उत्पन्न भइरहेको उहाँको दावी रहेको छ । हिजो माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बढी भाग खोजेकै कारण गठबन्धनभित्र समस्या उत्पन्न भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

सोही अभिव्यक्तिलाई लक्षित गर्दै महासचिव पोखेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राजनीतिक सम्बन्धलाई भत्काएर स्वार्थको सम्बन्ध गाँसेकाहरुको अवसान दुःखद हुनु अनिवार्य छ । गठबन्धनबीचको खटपटले त्यही संकेत गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना