विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर ७ प्रतिशत : विदेश जाने घटे

(जेष्ठ २८, काठमाडौं) । विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ भने विदेश जानेको संख्या घटेको छ ।

१० महिनासम्म विदेशबाट ६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिसम्म खुद ट्रान्सफर ६९२ अर्ब २३ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यो समयसम्म रेमिट्यान्स आप्रवाह ५.२ प्रतिशतले मात्रै बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या चैतसम्म ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो । वैशाखसम्म झण्डै ३ लाख १५ नेपाली विदेशिएका छन् । खाडी राष्ट्रको रोजगारी र आर्थिक क्षेत्रमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । अहिले नेपालीको ८२ प्रतिशतभन्दा बढी रेमिट्यान्स उपभोगमै सकिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी