एमाले सुदूरपश्चिमका ६ जिल्ला कमिटीका अध्यक्ष हटाइयो, नयाँलाई जिम्मेवारी प्रदान

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिमको ६ वटा जिल्ला कमिटीका अध्यक्षमा आफ्ना पक्षका नेतालाई दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल–खनाल निकट ६ वटा जिल्ला कमिटीका अध्यक्षको जिम्मेवारी खोसेर प्रदेशका ९ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिएको हो । एमाले प्रदेश कमिटीले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै ९ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र काटेको छ ।

नेपाल–खनाल निकट कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा वीरबहादुर थापा (पाताल), कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई हटाएर रतन थापा, डडेल्धुरामा डा. तारा जोशीलाई हटाएर प्रकाश साउँद, डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐर, अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा र बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध