(जेठ २२, काठमाडौँ) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार चीनका राजदुत यु होङसँग भेटवार्ता गरेका छन ।
मंगलबार चीनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।
चिनियाँ राजदुत होङले पनि यस विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने बताएकी छिन् ।
भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेकी थिइन् ।







