सत्यमा रहँदा आउने मूल्य चुकाउनसमेत तयार हुनुपर्छ : नेता कोइराला

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसको इतर समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले राजनीतिमा सत्यमा रहेर मात्र नपुग्ने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउनसमेत तयार हुनुपर्ने बताएका छन् । 

काठमाडौँ जिल्लाको क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार मान्नुपर्ने बताएका छन् । डा. कोइरालाले मूल्य-मान्यता, विधि र पद्धतिको राजनीति पछि पर्दै सत्ता, शक्ति र पैसा राजनीतिमा हाबी हुँदा चुनावहरू क्रमशः महँगो बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। 

उनले राजनीति सत्ताको भागबण्डाका लागि नभई जनताको सेवाका लागि भएको स्पष्ट पारे। सत्ताको दुरुपयोग गर्ने व्यक्तिहरू राजनीतिमा आउन नहुने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु