आज शनिबार पनि बैंक खुल्ने

काठमाडौँ, २५ पौष । आज शनिबार पनि बैंक खुल्ने भएका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबार पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला हुने भएका हुन् । 

राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कसम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २१ कार्तिक। स्वस्थ जीवनशैली र अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आरोग्य फूड्स प्रा.लि. सञ्चालनमा आएको छ। सूर्यविनायक नगरपालिका–३, बालकोटमा

काठमाडौँ, २१ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, २१ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ

काठमाडौँ, २१ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको