काठमाडौँ, ११ भदौ । ग्लोबल आईएमई बैंकले कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको ४२औँ एक्सटेन्सन काउन्टरको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले उद्घाटन गरेका छन ।
बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकलाई सेवा प्रदान गर्ने प्रयोजनार्थ काउन्टर सुरु गरेको जनाएको छ ।






