काशी रिमाल
संसारलाई चकित थकित र दुखित बनाएको कोरोनाले नेपाललाई मर्माहत बनाएकोछ । करिव तीन महिना लामो देशब्यापी लकडाउन जस्तो कदमबाट यसको नियन्त्रणमा सरकारले गम्भिर कदम चाल्यो । देशको अर्थतन्त्रमा हुने क्षती र जनताले पाउने दु:खलाई पनि जनताको ज्यानको मूल्यमा सामान्य ठानेर संघीय सरकारले गरेको निर्णयमा प्रदेश र स्थानिय सरकारले सक्रियतापूर्वक साथ दिए । यस रोगबाट जनतालाई जोगाउन बाहिरबाट रोग आउन नदिनु पहिलो आबश्यकता थियो तसर्थ अन्तराष्टिय उडानहरु रोकियो र बोडर बन्द गरिए । देशभित्र छिरिसकेको एक ब्यक्तिबाट अरुमा नसरोस भनेर आन्तरिक गतिशिलता बन्द गरियो ताकी समाजलाई जोगायन सकियोस् ।
देशलाई लकडाउनमा राख्दा कसैले खान नपाउने अबस्था नआओस खाना जुटाउन हिड्नु नपरोस भनेर राहत दिने व्यवस्था गरियो । देशबाहिरबाट आउनेहरुलाई क्वरेन्टाइनमा राख्ने, कसैमा पोजेटिभ आएका आइसोलेसनमा राख्ने, रोग गम्भिर भए अस्पतालमा राख्ने व्यवस्था गरियो । देशमा यो भाइरसको जाँचगर्ने व्यवस्थानै नभएको अवस्थाबाट पिसिआर जाँचको व्यवस्था अति हतारमा गरेर आज दिनमानै दश हजार भन्दा बढि जाँचहुने अवस्था बनेकोछ । रोगबाट स्वास्थ्यकर्मीलाई जोगाउन आवश्यक सुरक्षा सामाग्री जुटाइए । राहत बाँड्ने, क्वरेन्टाइन र आइसोलेसन बनाउने सञ्चालन गर्ने जिम्मा प्रदेश र स्थानीय सरकारलाई सुम्पिएको थियो । यति व्यवस्थाहरु हुँदापनि आज देशमा निशेधाज्ञा जारीगर्नुपर्ने अवस्था कसरी आयो ? कहाँ चुक वा गल्ती भयो ? जिम्मेवार को ? नगरिक ? संघिय सरकार ? वा स्थानीय, प्रदेश सरकार ?
कोरोना एउटा भाइरस हो यसको कुनै उपचार छैन, सबैलाई थाहा भएकैकुरा हो । कोरोनाबाट बच्न मास्क लगाएर मात्र हिड्डुल गर्ने, भौतिक दुरी कायम गर्ने र साबुन पानीले हात धुने वा सानिटाइजरको प्रयोग गर्ने कुरा नागरिकहरुले पूर्ण पालन गरेको देखिएन केही कमजोरी यहाँ भएकैछ । कन्ट्याक ट्रेसिङ् गर्ने नमुना संकलन गरेर जाँचगर्ने काम भएकै देखिन्छ । दिनको दशहजार बन्दा बढि नमुनाको जाँच पर्याप्त नै मान्नपर्छ । यहाँ पिसिआर जाँचलाइनै सबैकुरा ठान्ने, उपचारनै हो भन्ठान्ने बुझई पनि पाईएकोछ । सबै नागरिकको पिसिआर जाँच गर्ने माग राखेर आन्दोलन र राजनीति गरेको पनि पाइयो । संसारको उदारणहरु हेरौ आजसम्म अमेरीकाले संक्रमितको करिव १३ गुणा बढि संख्यामा जाँच गरेकोछ, ब्राजिलले ५.५ गुणा भारतले ११ गुणा बंगलादेशले ४.९ गुणा पाकिस्तानल ८.२ गुणा इरानले ८.४ गुणा जापानले २१.५ गुणा रसियाले ३५.७ गुणा जर्मनले ४३.३ गुणा जाँच गरेकोछ जबकी नेपाले आजसम्म शंक्रमितको संख्या भन्दा २९.२ गुणा बढि संख्यामा जाँच गरेकोछ । यो सामान्य संख्या होइन । स्थानिय सरकारले विकास बजेट काटेर पिसिआर मेसिन खरिदगर्न लागिपरेको पनि देखिएकैछ ।
रोग कसरी फैलियो ? हामी कहाँ चुक्यौ ? कुनै छलफल चिन्तन हुन नपर्ने ? नजानेको कुरा विज्ञहरुलाई सोध्न सल्लाह गर्न नहुने घमण्ड हो की हाम्रो सस्कार ? विज्ञहरुले राजनीति र ब्यक्तिगत स्वार्थ पहिलो मान्ने हो की ? समाजको हित ? यो रोग रोगथामको प्रारम्भिक काम भनेको कोरेन्टान हो जुन मुलत स्थानिय सरकारको जिम्मेवारीमा थियो र छ । यसमा कमजोरी भएकोले रोग फैलियो भन्ने आरोपहरु पनि सुन्न पाईन्छ । मानिसहरु क्वारेन्टाइन नगई सिधै घर पुगेभन्ने आरोप पनि सुनिएकोछ । कोरोन्टाइन र आइसोलेसन सरकारले जारी गरेको मापडण्ड अनुरुप बनाउन हामीले ध्यान दियौ ? के विज्ञहरुले बेलामा सम्बन्धी जिम्मेवार ब्यक्तिलाई राय सुझाव दिए ? संघिय सरकारको जिम्मेवार निकायले सबै स्थानीय निकायहरुलाई आवश्यक छलफल गरेर प्रष्ट गर्ने काम बेलामा गरे रु पालिकाहरुले संकालागेका कुराहरु संघिय सरकारसंग छलफल गरेर प्रष्टहुने काम गर्न पनि चुकेकी ?
आजको प्रविधिको जमानामा हातमा भएको साधनको अधिकतम प्रयोग गरिएकोछ रु तसर्थ पिसिआर जाँचलाई प्रतिष्ठाको विषय वा विकासको बिषय नबनाऔं । आवश्यकताको आधारमा जाँच गरौं । रोगलाई आतंकको विषय हैन सचेतना, सहानुभुती र सहयोगको बिषय बनाऔं । सादर अनुरोध ।






