“बुवा”

म तिम्रो प्रतिरूप हुॅं, म तिम्रै बंशणु हुॅं,
मेरो नसा नसामा बगेको रगत तिम्रो हो ।
मेरो सकल स्वरूप अनि आवरण तिम्रै,
केहि परिर्माजित निरन्तरता हो..

तिमीले सिकाएको त्यो सलिनता,
म मा कति बॉंकी छ त्यो म भन्न सक्दिन ।
तिमीले सिकाएको त्यो विनम्रता नि,
म मा कति बॉंकी छ त्यो म भन्न सक्दिन..

दुखलाई हॉंसी हॉंसी टार्नु भन्थ्यौ,
पिडालाई मुस्कानमा कतै सार्नु भन्थ्यौ ।
मरेर लानु केहि छैन सके राम्रो गर्नु भन्थ्यौ
रिस, डहा, घृणा कसैको नगर्नु भन्थ्यौ..

खुस्बु राई

इटहरी, सुनसरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ