काठमाडौँ, २८ साउन । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारमा रहेका एक कर्मचारी कोरोना पुष्टि भएको हो ।
सो कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जानकारी गराइएको छ । संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको पनि परीक्षण गरिने बताइएको छ ।





