ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी, २२ कार्तिक । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ ।

गएराति करिब २३:५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले