नेप्से दाेहाेराे अङ्कले घट्यो

काठमाडौँ, १४ साउन । धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से परिसूचक बुधबार २३ दशमलव ३६ अङ्कले घटेको छ ।

बुधाबार नेप्से परिसूचक घटेर १४ सय ३१ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बुधबार पाँच दशमलव १८ अङ्कले घटेर तीन सय दशमलव ४९ अङ्कमा झरेको छ ।

बुधबार सबै समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको एक सय ९० दशमलव ८२ र निर्जीवन बीमा समूहको एक सय ५९ दशमलव ८७ अङ्कले उपसूचक घटेको हो । दिनभर एक अर्ब ६८ करोड रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने मङ्गलबारकाे तुलनामा धेरै हो । मङ्गलबार एक अर्ब ५९ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।

बुधबार नेपाल रिइन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १५ करोड ७१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

युनियन हाइड्रोपावर लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाए पनि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले