घर बनाउन र गाडी किन्न ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ कर्जा योजना

काठमाडौँ, ८ साउन । ग्लोबल आइएमई बैंकले कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जानकारी दिएको छ ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउँनेछन् र यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।

यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा दिने भएको छ । यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा र लकर सुविधामा ५०/५० प्रतिशत छुट दिने बताएको छ ।

बैंककाअनुसार  कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जा दिन दिन लागिएको हो । कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले