६० प्रतिशत करदाताले अब घरबाटै कर तिर्न सक्ने

काठमाडौँ, ७ साउन । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए । उनीहरुमध्ये ४ लाख ११ हजार करदाता साना करदाता हुन्, जसको वार्षिक कारोबार २० लाखभन्दा कम छ । नयाँ व्यवस्थापछि उनीहरुले छिटो र छरितो सेवा पाउने छन् भने कर प्रशासनको कार्यबोझ पनि कम हुनेछ

विभागले राजस्व व्यवस्थापन सूचना प्रणाली अन्तर्गत नयाँ सफ्टवेयर बनाएर १ साउनबाट सन्चालनमा ल्याएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्ने व्यक्तिले तोकिएको आयकर बैंकमार्फत तिर्दा आय विवरणसमेत पेश गर्न सकिने गरी नयाँ प्रणाली विकास गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार साना करदाताले आयकर ऐनअनुसार आय विवरण तथा कर दाखिला फारम भर्नुपर्छ ।

यस्तो फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम, कट्टी हुने रकम, करदाता वा निजको प्रतिनिधिको पूरा नाम, हस्ताक्षर र मोबाइल नम्बर भर्नुपर्छ । यसरी विवरण भर्दा आय रकम, लाग्ने कर रकम र म्याद गुजारी आय विवरण र कर दाखिला गर्दा लाग्ने शुल्क तथा ब्याजसमेत कम्प्युटर प्रणालीबाट स्वतः गणना हुन्छ । यसले करदाता र बैंकका कर्मचारीलाई समेत कर दाखिला र संकलन सहज हुनेछ । यो प्रणालीमा त्रुटीको सम्भावना समेत कम हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले