नेपाली महिला आन्दोलनलाई दिशानिर्देश गर्ने अग्रणी नारी ‘राष्ट्रपति विद्यादेवी भण्डारी’

-मन कुमारी जिसी-

२०१८ साल असार ५ गते पूर्वी नेपालको भोजपुर जिल्ला मानेभन्ज्याङ २ गुरासेमा जन्म भएर विश्वको शक्तिशाली महिला मध्येकि अग्रणी महिलाको रुपमा पाउनु नेपाली महिलाहरुको लागि मात्र नभै आम नेपाली र विश्वका लागि गौरवको कुरा हो । २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्ने क्रममा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट राष्ट्रपति ज्युको राजनीतिक यात्राको आरम्भ गर्नुभएको थियो ।

२०३७ मा काठमाडौँ आयोजित र अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि हुनु भएको । २०३७ सालमा पार्टी सदस्यता प्राप्त २०४४ सालमा अनेरास्ववियु (एकताको पाँचौ)को पूर्वाञ्चल सदस्य र ०२९ मा महेन्द्र मोरङ क्याम्पस बिराटनगरको स्ववियु कोषाध्यक्ष रहनु भएको पाईन्छ । २०४६ मा काठमाडौँको कीर्तिपुरमा आयोजित अखिल नेपाल मिहला संघको पहिलो राष्ट्रिय सम्मेलनमा मोरङबाट प्रतिनिधि र २०५० देखि ०५४ सम्म नेपाल टेर्ड युनियन महासंघ (जिफण्ड)को केन्द्रीय महिला विभाग प्रमुख रहनु भएको उहाँ २०५५ सालमा विराटनगरमा सम्पन्न अनेमसंघको चौंथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष हुनुभयो ।

०६२र०६९ को चौंथो र पाँचौ राष्ट्रिय सम्मेलनबाट तीन पटक अनेमसंघको अध्यक्ष निर्वाचित हुनुभएको थियो । ०५४ सालमा नेपालगन्जमा सम्पन्न पार्टीको छैंठौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनु भएको थियो । २०५४ को सातौं महाधिवेशनबाट पुन केन्द्रीय सदस्य चुनिनु भएको आठौ र नवौ राष्ट्रिय महाधबाट दुईपटक पार्टीको केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभयो ।

२०५१ र ०५६ मा गरि तीन पटक सांसद निर्वाचित हुनुभयो । जनसंख्या तथा वातावरण मन्त्री र पछि पहिलो महिला रक्षामन्त्री भएर सफलतापूर्वक कार्यसम्पादन गर्नु भयो । २०७० को संविधानसभामामा प्रतिनिधित्व भएको अवस्थामा नयाँ संविधान निर्माणमा अग्रणी र नेर्तित्वदायि भुमिका रहेको सबैलाई अबगत नै छ ।

राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चितता बिना आज संसददेखि स्थानीय तहसम्म महिलाहरुको प्रतिनिधित्वको अवस्था पाउन सकिने रहेनछ भन्ने महशुस हुन्छ । विभिन्न कृयाकलापहरुले पनि अनुभूति हुन्छ । २०६३ जेठ १५ गते महिला सहभागिताको सुनिश्चितता संकल्प प्रस्ताबले ल्याएको व्यवस्था नै आज हामी त्यसका आधारमा कानून बनाउनेदेखि विकास निर्माणका गतिलाई अगाडि बढाउने स्थितिमा छौं ।

आज सितलनिबासमा रहेर उहाँको काधमा राष्ट्रको सर्वाङ्गीण हित, एकता र अखण्डताको पक्षमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु पर्ने, राष्ट्रियताको लागि दिशानिर्देश गर्नु पर्ने दायित्व रहेको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यु माया ममता, स्नेह सहि दिशा निर्देश गर्ने कुशल व्यक्तित्व हुनुहुन्छ ।

यो अनुभूति हामी गरिरहेका छौं । आन्तरिक समझदारी राम्रो हुँदा बाह्य हस्तक्षप हुँदैन भन्ने उहाँको मर्मलाई बुझेर कार्य गर्न सकेमा सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्न सकिन्छ । यति बेला देशमा कोरोना र बाढि पहिरोले आक्रान्त छ । दुख र पिडाका बिच पनि मुलुकलाई अगाडि बढाउन हामी सबैलाई प्रेरणा र हौसला मिलोस ।

प्रतिनिधिसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

काठमाडौँ, ९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री