एनआरएनएलाई आईएलओको पाँच करोड बढी सहयोग

काठमाडौँ, २१ असार । अन्तर्राष्ट्रिय श्रम सङ्‍गठन (आईएलओ) सँग गैरआवासीय नेपाली सङ्‍घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ ।

आईएलओले गैरआवासीय नेपाली सङ्‍घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले पाँच करोड १० लाख रुपैयाँभन्दा बढी हो ।

सङ्‍घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आईएलओबाट प्राप्त अनुदान कोभिड-१९ भाइरसका कारण प्रभावित विभिन्‍न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ । श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्‍घले जनाएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्‍ने दर पनि ह्‍वात्तै बढेको छ । बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागिसमेत आईएलओको सहयोग उपयोग गर्न सकिने सङ्‍घले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले