काठमाडौँ, १६ जेठ । आर्थिक वर्ष २०७७/७८ को बजेट घोषणा सँगै कर बढेपछि सुनको भाउ पनि प्रतितोला २३ सय ३२ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले बजेज भाषण भार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २३ सय ३२ रुपैयाँ थपिने भएको हो । यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ ।





