एसईई परीक्षाको विकल्प प्रस्तुत

काठमाडौँ, २९ वैशाख । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो ।

शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, “विकल्प दिएका छौँ ।

त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।” सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार