राजनीति सबै नीतिको मुल नीति हो । यसलाई सहि ढंगले प्रयोग गरेर, प्रभावकारी बनाएर देश र समाजको परिवर्तनको पक्षमा सहि उपयोग गर्न सक्ने कुरानै एउटा असल पार्टी र त्यसका कार्यकर्ताको मुल कर्तव्य हो । तर राजनीतिलाई आफ्नो लाभ र अनुकुल परिचालन गर्न एउटा पंक्ति सदैब लागीरहेकै हुन्छ । त्यो पंक्ती कहिले बौद्धिकता र ज्ञान गुनको कुरा गर्दछ कहिले चाकडिको बिधि अपनाउँछ, कहिले अनेक भ्रमको खेती गर्दछ । कहिले प्रतिद्वन्द्वीको पाउमा गर्लम्म पर्दछ त कहिले अनेक प्रपोगाण्डा मचाउँछ ।
यस्ता खालका तत्वसँग विभिन्न स्वार्थ समूहको गजवको साट्घाट हुन्छ । यस्ता समुह घटनाक्रमलाई आफ्नो अनुकुल व्याख्या गर्ने र अरुलाई को सँग जोडदा वा तोड्दा आफ्नो निहित फाइदा हुन्छ तेही गर्छन । कसको नोकरी र चाकरी या समर्थन र बिरोध गर्दा फाइदा हुन्छ तेहि गर्दछन । अनि संकट र अफ्ट्यारो पर्दा जसले साथ दिएको थियो ।
बच्चा हुँदा जसले बोल्न सिकायो । जसले नै हात समाएर हिडन सिकायो । उसैको बिरुद्ध बोल्ने र हात उठाउन न्वारान देखिको बल लगाएर लाग्छन । तर इनले त्यो हैसियत कसरी बनाएका छन भन्ने कुरा बिर्सन्छन । समय यस्तो औषधि हो जसले सबै कुराको ठिक उपचार गर्दै जान्छ । तर जो साथीहरु उताउलिएर लागेका छन निश्चित समय पछाडी आफुले गरेको कर्मबाट पछुताउने बाहेक केही गर्न सक्दैनन । समयमै चेतना भएको राम्रो नत्र राम्रो उपचारको खोजी गर्नु पर्ने स्थिति श्रीजना हुनेछ ।
दीपेश खड्का
भक्तपुर






