अफगानिस्तानमा विद्यालयनजिक विस्फोट, १० जनाको मृत्यु

काठमाडौँ, १३ मंसिर । पूर्वी अफगानिस्तानको एक विद्यालयनजिक भएको विस्फोटमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

बीबीसीका अनुसार शनिबार बिहान करिब १० बजे कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्दारसैर क्षेत्रमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार विद्यालयसँगै जोडिएको एक घरमा खानीमा विस्फोट गराउन प्रयोग गरिने पदार्थ भण्डारण गरिएको थियो । उक्त घरमा स्थानीय बासिन्दाले प्रयोग गर्ने विस्फोटक सामग्री राखिएको बताइएको छ ।

तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थ भण्डारणस्थलमा भएको लापरवाहीका कारण घटना भएको देखिएको बताएका छन् । घटनाको विस्तृत विवरण संकलन गर्न थप अनुसन्धान भइरहेको उनले बीबीसीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दैलेख, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय पारित गरेको छ ।  मंसिर ८ गतेदेखि सुरु भई मंसिर

काठमाडौँ, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित