सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्छ :  मुख्यमन्त्री आचार्य

पाल्पा, १२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिने बताएका छन् ।

तीन तहका सरकारबिच प्रभावकारी समन्वय हुन नसके नागरिकले पाउने सेवामा समस्या आउन सक्ने उल्लेख गर्दै उनले सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्नेमा जोड दिए । तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारहरूबिचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने बताए ।

स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि तीन तहका सरकार बिचको समन्वयलाई व्यवस्थित बनाउन थप छलफल र साझा समझदारी आवश्यक रहेको उनले उल्लेख गरे । अन्य प्रदेश तथा पालिकाका अनुभव र सिकाइलाई आफ्नो कार्यक्षेत्रमा अनुसरण गर्न सके विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मुख्यमन्त्री आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, १२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै

काठमाडौँ, १२, मंसिर । बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले थालेको पहल सकारात्मक देखिएको छ। उद्योग, वाणिज्य

पोखरा, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण

काठमाडौँ, १२ मंसिर । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।  आज