पूर्वउपकुलपति प्रा.डा. बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

काठमाडौँ, १२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य  उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध  भएका छन् ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर स्वागत गरे।

उनको आगमनले पार्टीको केन्द्रीय नेतृत्वलाई थप अनुभवी, प्राज्ञिक र सशक्त बनाउनुका साथै नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने  पार्टीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । बाजुरामा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते

काठमाडौँ, १२ मंसिर । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा

काठमाडौँ, १२ मंसिर । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने

काठमाडौँ, १२ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।