करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, १२ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।

शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर पोलबाट खसेका राईको नाकबाट रगत बगिरहेको र बोल्नसमेत नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घाइते राईलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई शुक्रबार राति मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, १२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य प्रभावकारी बनाएर मात्रै

काठमाडौँ, १२, मंसिर । बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले थालेको पहल सकारात्मक देखिएको छ। उद्योग, वाणिज्य

पोखरा, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण

काठमाडौँ, १२ मंसिर । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।  आज