विमानस्थलबाट गाजासहित एक भारतीय पुरुष पक्राउ

काठमाडौँ, ११ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् ।

प्रहरीका अनुसार  आज भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो । चौहान ४ केजी थाई गाँजासहित बङ्गलादेश हुँदै नेपाल आउने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् ।

एयर ड्रायर र कुकिज बिस्कुटको बट्टामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ । 

चौहानबाट एक थान पासपोर्ट र मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको

काठमाडौँ, ११ मंसिर । भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५०

पर्सा, ११ मंसिर । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ

ललितपुर, ११ मंसिर । ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक भएको चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ