भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने  सहमति स्वागतयोग्य : उपमहासचिव भट्टराई

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबीच भएको सहमतिको स्वागत गरेका छन् । 

सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले यो सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई  एकहदसम्म सहयोग पुग्ने उल्लेख गरेका छन् ।  भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्षपछि मात्र थाहा हुने उल्लेख गरे । 

उनले भनेका छन्, ‘भैरहवाबाट दुई तर्फ़ी हवाई रूट संचालन गर्ने सहमती सैद्धान्तिक रूपमा ठिक छ । यसको स्वागत गर्दछु । यो सहमतिले काठमाण्डू (TIA) लाई एकहदसम्म सहयोग पुग्छ नै । तर भैरहवा र पोखरामा जहाज अवतरण गर्न सहज हुन्छ वा हुन्न त्यो प्राविधिक निष्कर्ष पछि मात्र थाहा हुनेछ । मैले बुझेअनुसार ६५oo फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुन्छ । हेरौ भारतीय प्राविधिकले यो मान्छन या…. ? दुई तर्फ़ी हवाई रूटमा फेरी पनि हाम्रो प्राथमिकता महेन्द्रनगर र नेपालगंज नै हो । हवाई रूटका बारेमा २०१९ ताका दुई देशका सम्बन्धित अधिकारीका बीचमा छलफलको निष्कर्ष कहाँ पुगेको थियो? र कार्यान्वयनको चरणमा पुग्नै लाग्दा के कारणले कार्यान्वयन भएन? कुनै वेला वताऊँला । अहिलेलाई- Always Nations First !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुई तर्फी हवाई रुट सञ्चालन गर्ने नेपाल भारतबीच भएको सहमतिको

बुटवल, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै

काठमाडौँ, ९ मंसिर । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले

काठमाडौँ, ९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ