काठमाडौँ, ९ मंसिर । गाजामा रहेको हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली आक्रमणमा मारिएका छन् ।
गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा शहरको पश्चिमी भागमा गरिएको हवाई आक्रमणमा नइम अबु नहललाई लक्षित गरिएको थियो । अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नइम अबु नाहल मारिएको घोषणा गरेका छन् ।
यसअघि, प्यालेस्टिनी सहायताकर्मी र चिकित्सा अधिकारीहरूले मंगलबार गाजामा भएका दुई अन्य इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु भएको बताएका थिए । अधिकारीहरूका अनुसार गाजा शहरको दक्षिणमा रहेको वादी गाजा क्षेत्रमा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको छ ।
यसैबीच, खान युनिसको पश्चिममा रहेको अल-मवासी क्षेत्रमा रहेको प्रहरी चौकीमा भएको दोस्रो आक्रमणमा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको छ।







