‘रामायण’ले १७ दिनमै कमायो ९०० करोड

काठमाडौँ, ६ मंसिर । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ ।

प्रदर्शनको १७ दिनमै फिल्मले ९०० करोड भारतीय रुपैयाँ (भारु) को आँकडा पार गरेको छ । रणबीर कपुर, साई पल्लवी र यशको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो बलियो पकड कायमै राखेको छ ।

फिल्मले प्रदर्शनको १७ औँ दिन अर्थात् शनिबार भारतमा २७.४० करोड भारु नेट कलेक्सन गरेको छ । यसअघि १६औँ दिन फिल्मले १५.७५ करोड भारु कमाएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा फिल्मको कमाइमा करिब ७४ प्रतिशतले वृद्धि भएको हो ।

शनिबारको कमाइसँगै भारतमा ‘रामायण’को कुल नेट कलेक्सन ९०६.९० करोड भारु पुगेको छ । त्यस्तै, फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १,६१६.७० करोड भारुसम्म पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ मंसिर । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गरेका छन्। आज एमालेको जनवर्गीय

भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र

भक्तपुर, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधि