अन्यायपूर्ण ढङ्गले नेताहरूलाई चलाए चुप नबस्ने ओलीको चेतावनी

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा ‘राक्षसीराज’ चलिरहेको टिप्पणी गरेका छन्।

आज एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्यायपूर्ण ढङ्गले नेताहरूलाई चलाए चुप नबस्ने चेतावनी दिँदै उनले भने, ‘पछि मुद्दा चलाउन पनि सकेन। १३ दिन किन थुनेको ? जङ्गलीराज हो यो ? मनपरी तन्त्र चलाउन पाउने ठाउँ हो ? ६० वर्ष देशका लागि काम गरेको, जेलनेल र यातना सहेको नेतालाई अकारण गिरफ्तार गरेर हिरासतमा किन राखेको ? यो जङ्गलीराज मात्रै होइन, राक्षसीराज भयो। यदि राक्षसीराज सधैँ चलाउन खोज्छ भने अब नेपाली जनता, युवाहरू र नेसनल युथ फोर्स चुप लागेर बस्दैन।’

राक्षसीराज अझै चलिरहे नेसनल युथ फोर्स आन्दोलनमा उत्रिने चेतावनी दिँदै ओलीले आफूलाई बिनाकारण गिरफ्तार गरेर सरकारले राक्षसीराज सञ्चालन गरिरहेको पुष्टि गरेको बताए। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका आफूलाई १३ दिनसम्म बिनाकारण हिरासतमा राखिएको उनको भनाइ थियो।

उनले भने, ‘नेसनल भोलेन्टियर्स फोर्स देखाउनका लागि मात्रै होइन, यो कामका लागि हो, परिवर्तनका लागि हो र यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो। यो लड्ने–भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो। तर, मान्दैन भने के गर्ने ? आक्रमण गर्न आउँछ भने के गर्ने ? हमला गर्छ भने के गर्ने ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट