काठमाडौँ, ६ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






